राष्ट्रिय वाणिज्य बैंकमा ४६५ जनाका लागि जागिर खुल्यो - Chaitanya News
  • 2026-11-17
  • 01:38:17
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रिय वाणिज्य बैंकमा ४६५ जनाका लागि जागिर खुल्यो

    राष्ट्रिय वाणिज्य बैंकमा ४६५ जनाका लागि जागिर खुल्यो

    काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ४६५ जनाका लागि जागिर खुलाएको छ। बैंकले सहायकदेखि बरिष्ठ प्रबन्धक पदसम्मका लागि जागिर खुलाएको हो।

    बैंकले केन्द्रीय कार्यालय र सो अन्तर्गत तथा विभिन्न प्रदेशका लागि विज्ञापन आह्वान गरेको हो। योग्यता पुगेका इच्छुकले असार १० गतेदेखि २१ दिनभित्र अर्थात् यही असार ३० गतेसम्म र दोब्बर दस्तुर बुझाएर साउन ६ गतेसम्म आवेदन दिनसक्नेछन्। आवेदन अनलाइनबाट दिनुपर्नेछ। लिखित परीक्ष लोकसेवाले तोकेअनुसार हुनेछ।