एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै - Chaitanya News
  • 2026-11-16
  • 09:09:17
  • सोमबार,मंसिर ०१, २०८३
  • एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

    एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बिहीबार बस्दैछ।

    बैठक आज दिउँसो २ बजे केन्द्रीय पार्टी कार्यालयमा बस्न लागेकाे हाे।बैठकमा बजेटबारे पार्टीका सांसदहरूको असन्तुष्टिमाथि छलफल हुनेछ।

    बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू सरकारसँग असन्तुष्ट छन्।

    पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि बजेटबारे जनाए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलपछि भने सकारात्मक देखिएका छन्।

    तथापि पार्टीका सांसदहरूले भने बजेट संशोधन नभए समर्थन गर्न नसक्ने चेतावनी दिँदै आएका छन्।