अदालत र सरकार भारतको गुलाम रहेछन्, म अदालतलाई मान्नेवाला छैन: मेयर बालेन साह - Chaitanya News
  • 2026-11-21
  • 07:00:01
  • शनिबार,मंसिर ०६, २०८३
  • अदालत र सरकार भारतको गुलाम रहेछन्, म अदालतलाई मान्नेवाला छैन: मेयर बालेन साह

    अदालत र सरकार भारतको गुलाम रहेछन्, म अदालतलाई मान्नेवाला छैन: मेयर बालेन साह

    काठमाडौँ-  काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सरकार र अदालत भारतको गुलाम भएको बताएका छन्। उच्च अदालत पाटनले काठमाडौँमा हिन्दी सिनेमा चल्न नदिने बालेनको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेपछि उनले अदालत र कानुन नमान्ने बताएका हुन्।

    उनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका हुन् । अदालतको आदेश आएको केहीबेरमा उनले सामाजिक सञ्जालमार्फत उक्त टिप्पणी गरेका हुन्।

    उनले भनेका छन्- जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।

    बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो। विपक्षीसँग छलफल गर्न असार १२ गते दुबै पक्षलाई बोलाएको छ।