चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 592 of 1167
  • 2026-11-30
  • 01:36:15
  • आइतबार,मंसिर १४, २०८३

About Author

तपाँईको आजको राशिफल

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ मन खिन्न हुने स्थिति आउन सक्छ। खानपानमा ख्याल गर्नुपर्नेछ। नजिकको व्यक्तिबाट धोका पाइन सक्ने छ सचेत रहनुहोला। मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा आज प्राविधिक कार्यमा सफलता मिल्नेछ। बोलीको प्रभाव पनि बढ्ने छ। प्रेम, मित्रता र दाम्पत्य सुखले प्रफुल्लित भइनेछ। सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज नाक तथा घाँटीमा समस्या आउला। राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्न सक्छ। तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि देखिन्छन्। धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे आज नजिकका व्यक्ति टाडिन सक्छन्, अतः बोल्दा सावधानी अपनाउनु पर्नेछ। आहार विहारप्रति सजगता पनि अपनाउनु पर्नेछ। कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा आज प्रणय सम्बन्ध अघि बढ्ने समय रहेको छ। कार्य सम्पादनमा केही सहजता मिल्ने छ। प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने छ। वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो काम देखाएर अरूको मन लोभ्याउन सकिने छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आतिथ्यपूर्ण सम्मान पाइन सक्छ। कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो आज महिला वर्गबाट विशेष सहयोग मिल्ने छ। प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्यप्रति सजग रहनु पर्छ। कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आज कुनै समाचारले मनमा शान्ति छाउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ, तर भीडभाडबाट बचेर हिँड्नु नै उचित हुनेछ। वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु आज घरमा शुभकार्यको चर्चा चल्ने छ। अनुहारमा चमक र मन प्रसन्न रहला। आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला। मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि आज दानपुण्यका कार्यमा सहभागी भइनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। व्यावसायिक नयाँ योजना बन्ने छन्। मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज राजनैतिक कार्यमा सफलता मिल्ने छ। नयाँ योजना र शुभकार्यको चर्चा चल्ने छ। दिनको उत्तरार्ध सुखद् रहन सक्छ।