मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज बोलीको भरमा कार्य सम्पादन हुनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहने छ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
आज मित्र वा आफन्तको सहयोगबाट मिल्नै छ। दूरदराजको यात्रा लाभदायक हुनेछ। नयाँ काम वा रोजगारको अवसर पनि मिल्ने छ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ। बौद्धिकताको विकास हुने र न्यायिक कार्यमा सफलता मिल्ने छ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज विद्या र बुद्धिको विकास हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। व्यापारबाट सोचे जस्तै लाभ प्राप्ति हुने योग छ।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउने छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका पनि मिल्ने छ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ। शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ। कुनै कुराले मनमा शान्ति पनि छाउने छ।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। घर व्यवहारको समस्याले सताउने छ। नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज कठोर परिश्रम गर्नुपर्ने समय छ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। प्रेममा मनमुटावका साथै अनावश्यक यात्रा हुनेछ।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ। गरेका कार्यमा ढिलासुस्ती हुनेछ। प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ। रमाइलो यात्राको योग रहेको छ। बन्धु बान्धवबाट विशेष सहयोग र प्राविधिक काममा सफलता मिल्ने छ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ। बिक्री र बन्द–व्यापार फाइदा नहोला। परिवारका कारण चिन्ता बढ्ने छ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहने छ। घरमा अतिथिको आगमन पनि हुनेछ।