चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 123 of 1162
  • 2026-11-26
  • 14:49:39
  • बिहिबार,मंसिर ११, २०८३

About Author

रसुवा बाढीः आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केही बेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। उनका अनुसार गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ। घाइतेको अवस्था अनुसार प्राथमिकीकरण ९वर्गीकरण० गरी उद्धार तथा उपचारलाई अघि बढाइनेछ। यसैगरी, प्रभावितका लागि आवश्यक राहत सामग्री स्थल मार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ।

News by रसुवा बाढीः आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी :