बाढी कारण घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने - Chaitanya News
  • 2026-08-26
  • 17:38:22
  • बुधबार,भाद्र १०, २०८३
  • बाढी कारण घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने

    बाढी कारण घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने

    काठमाडौं– रसुवा बाढीका कारण घाइते भएकाहरूको सरकारले निस्शुल्क उपचार गर्ने बताएको छ। आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यो निर्णय लिएको हो।

    ‘घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूमा मिलाउने निर्णय भएको छ,’ प्रतिनिधिसभा बैठकलाई जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले भने।

    घाइते भएका र बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गर्ने र सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने निर्णय भएको छ। यस कामको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरको परिचालन गर्ने निर्णयल भएको छ।

    रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पु‍र्‍याएको छ।

    बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन्। बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पु‍र्‍याएको विवरण आएका छन्।

    यो घटनाबारे संसदलाई जानकारी गराउँदै परराष्ट्रमन्त्री खनालले यस्तो जानकारी दिएका हुन्।