बाढी अपडेटः हालसम्म १६ जनाको मृत्यु, ३५ घाइतेको उद्धार - Chaitanya News
  • 2026-08-26
  • 17:38:27
  • बुधबार,भाद्र १०, २०८३
  • बाढी अपडेटः हालसम्म १६ जनाको मृत्यु, ३५ घाइतेको उद्धार

    बाढी अपडेटः हालसम्म १६ जनाको मृत्यु, ३५ घाइतेको उद्धार

    काठमाडौँ– तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीबाट हालसम्म १६ जनाको मृत्यु भएको छ।

    त्यस्तै ३६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने चार बजे दिएको जानकारीमा उल्लेख छ। प्रदेश प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो।

    मृतकमध्ये ७ महिला र ८ पुरुष रहेका छन्। एक जनाको पहिचान खुलेको छैन। त्यस्तै, रसुवामा १३, नुवाकोटमा १९ र धादिङबाट ३ घाइतेको उद्धार गरेको प्रहरीले जनाएको छ।