चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 86 of 1153
  • 2026-11-22
  • 21:20:39
  • आइतबार,मंसिर ०७, २०८३

About Author

उच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस

काठमाडौँ– आज (मंगलबार) बसेको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकले उच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस गरेको छ। उच्च अदालतमा सिफारिस हुनेहरूमा सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल रहेका छन्। त्यस्तै कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेलाई उच्च अदालत जनकपुरमा सिफारिस गरिएको छ। फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरमा सिफारिस गरिएको छ। यसैगरी बैठकले बाबुराम दाहाल र ठकेन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा सिफारिस गरेको छ।  

News by उच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस :