प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात १४ अर्ब पुग्यो - Chaitanya News
  • 2026-09-15
  • 11:26:42
  • मंगलबार,भाद्र ३०, २०८३
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात १४ अर्ब पुग्यो

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात १४ अर्ब पुग्यो

    काठमाडौँ– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौ वटा बैंकमा रु दश अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ।

    त्यस्तै, कोषका अन्य दुई वटा बैंकमा रहेको डलर खातामा रु दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ।

    राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिएको थियो।