दुई जना सहसचिव बढुवा - Chaitanya News
  • 2026-09-15
  • 12:49:02
  • मंगलबार,भाद्र ३०, २०८३
  • काठमाडौँ– दुई सहसचिव बढुवा सिफारिस भएका छन् ।

    न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुई सहसचिवलाई सचिव (रजिस्ट्रार) पदमा बढुवाका लागि सिफारिस गरेको छ।

    आज (मंगलबार) बसेको आयोगको बैठकले सर्वोच्च अदालतमा कार्यरत सहसचिवद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई सचिव (रजिस्ट्रार) पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।