चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 916 of 1153
  • 2026-11-22
  • 13:54:31
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख १० हजार पुग्यो

काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको जनाएको हो। यसअघि, सुनको उच्च मूल्यको कीर्तिमान तोलामा १ लाख ७ हजार ५०० रुपैयाँको थियो। आज भने तोलामै १ लाख १० हजार रुपैयाँ पुगेको हो। यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ। यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ कायम थियो।