बिहान ८ बजेदेखी स्ववियु निर्वाचनको मतदान सुरु - Chaitanya News
  • 2026-05-17
  • 08:32:11
  • आइतबार,जेठ ०३, २०८३
  • बिहान ८ बजेदेखी स्ववियु निर्वाचनको मतदान सुरु

    बिहान ८ बजेदेखी स्ववियु निर्वाचनको मतदान सुरु

    काठमाडौं- स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। त्रिभुवन विश्व विद्यालयका आंगिक तथा सम्बधन प्राप्त कलेजमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो।

    काठमाडौं उपत्यकासहित देशैभरीका क्याम्पसमा बिहान ८ बजेदेखी ४ बजेसम्म मतदान हुने छ।

    पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन्। जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन्।