काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज उडेको केही समयमै इन्डिकेटरमा समस्या देखिएपछि बीचबाटै काठमाडौं फर्काइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जहाज सुरक्षितरुपमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। उक्त जहाजसँग सम्वन्धित इन्जिनियरहरुलाई अहिले काम गर्न रोक लगाइएको र जहाज ग्राउण्डेड गरिएको उनले बताए।
बुद्ध एयरका अनुसार ६२ जना यात्रु लिएर सो जहाज सुर्खेत गएको थियो।