स्ववियु निर्वाचन आज : बिहान ८ बजेदेखि मतदान - Chaitanya News
  • 2026-07-17
  • 15:25:04
  • शुक्रबार,साउन ०१, २०८३
  • स्ववियु निर्वाचन आज : बिहान ८ बजेदेखि मतदान

    स्ववियु निर्वाचन आज : बिहान ८ बजेदेखि मतदान

    काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो।

    काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसमा बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ भने साँझ ४ बजे भित्रमा मतदान सम्पन्न हुने गरी त्रिभुवन विश्वविद्यालयले कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।

    पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन्। जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन्।