पाँचतारे होटल सोल्टीले माग्यो कर्मचारी - Chaitanya News
  • 2026-05-19
  • 05:38:21
  • सोमबार,जेठ ०४, २०८३
  • पाँचतारे होटल सोल्टीले माग्यो कर्मचारी

    पाँचतारे होटल सोल्टीले माग्यो कर्मचारी

    काठमाडौं –  पाँचतारे होटल सोल्टीले कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना निकाल्दै कर्मचारी माग गरेको हो । कम्पनीले मिटिङ तथा इभेन्ट म्यानेजर पदमा आवेदन माग गरेको छ ।

    कम्पनीका अनुसार यस पदमा २ देखि ५ वर्षको अनुभव भएको र सम्बन्धित क्षेत्रमा ग्राजुयट गरेको हुनुपर्ने भएको छ । सोल्टीले ‘सेल्स म्यानेजर’ पदमा समेत आवेदन मागेको छ । सम्बन्धित क्षेत्रमा ग्राजुयट गरेको र २ देखि ४ वर्षको अनुभव हुनुपर्ने गरी कम्पनीले शर्त तोकेको छ ।

    कम्पनीले आइटी एक्जुकेटिभ/अफिसर पदमा समेत आवेदन मागेको छ । सम्बन्धित फिल्डमा ग्राजुयट गरेको र अधिकतम २ वर्षसम्मको अनुभव भएकाले यस पदमा आवेदन दिन सक्ने भएका छन् ।

    कम्पनीले हाउसकिपिङ एक्जुकेटिभमा समेत आवेदन मागेको छ । कम्पनीका अनुसार सम्बन्धित क्षेत्रमा ग्राजुयट गरेको र ४ वा ५ तारे होटलमा ३ देखि ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले उल्लेख गरेको छ । २४ मार्चसम्म ‘एचआरएटसोल्टीडटकम’मा आफ्नो सीभी इमेल गरी आवेदन दिन सकिने होटलले जनाएको छ ।