कस्तो रहला आज देशभरको मौसम? - Chaitanya News
  • 2026-05-17
  • 07:22:12
  • आइतबार,जेठ ०३, २०८३
  • काठमाडौं- हाल देशभर आंशिकदेखि सामान्य बदली छ। आज बागमती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशका केही भूभागमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    देशको पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

    हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।