चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1069 of 1107
  • 2026-10-07
  • 18:45:19
  • बुधबार,आश्विन २१, २०८३

About Author

काँग्रेसले रामराम भन्ने अवस्थामा आइसकेको छ : पूर्व राष्ट्रपति यादव

काठमाडौं–पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली काँग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गरेका छन्। बिहीबार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो चिन्ता प्रकट गरेका हुन्। उनले नेपाली काँग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरु नरहेको उल्लेख गरे। उनले विपीका राजनीतिक चिन्तनहरु अध्ययन गर्ने फुर्सद कुनै राजनीनितक कार्यकता र नेताहरुलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए। पूर्व राष्ट्रपति यादवले काँग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताए। उनले समानुपातिकबाट सांसद बन्नको लागि टिकट बिक्रीको चलखेल हुने गरेको पनि बताए। पूर्व राष्ट्रपति यादवले स्थानीय निर्वाचनमा वडा र पालिकाहरुमा टिकट बिक्री भएको दाबी गर्दै पार्टीमा विधि र आदर्शको पालना र सम्मान हुन छोडेकोप्रति चिन्ता व्यक्त गरे । उनले काँग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरु पार्टीसँग मिलेर अंशबण्डा गर्नु लज्जाको विषय भएको बताए। पूर्व राष्ट्रपति यादवले भने, ‘काँग्रेसीले बिपीले उहाँको बेलामा जति महाधिवेशनहरुमा बोल्नुभएको छ, त्यो महत्वपूर्ण छ। बिपीको जेल डायरी, बिपीको आत्मवृतान्त, बिपीले बोलेका राजनीतिका बारेमा विषयहरु काँग्रसीलाई पढ्नलाई फुर्सद छैन । सोझै काँग्रेस छिर्छन्। किनकी टिकट किन्नेलाई काँग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, काँग्रेसीमा लागेकालाई फुर्सद नै छैन। पैसामा टिकट बेचिरहेको छ।’ उनले थपे, ‘सुन्नुभएको होला तपाईहरुले समानुपातिकमा टिकट बिक्री भएको छ। वडाको टिकट बिक्री भएको छ । पालिकाको टिकट बिक्री भएको छ। अहिले विधिको बरेमा चर्चा गरिराख्नुपर्ने, आदर्शको बारेमा कुरा गर्नै छोडिसके । बिपी, गणेशमान,किसुनजी, गिरिजा जस्ता महापुरुषको नाम सुन्दै गदगद हुन्छ, तर अहिले देशको अवस्था कस्तो छ? बिपीको एक गुण पनि हामीमा छैन। काँग्रेसीमा त हुनैपर्ने हो। हामी कोहीमा छैन। काँग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेका छौँ हामी। उनले फेरि भने, ‘जनताको बीचमा जानपनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ। राम,राम,राम। काँग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ। उहाँले भन्नुहुन्छ जय नेपाल स्वीकार गर्नुस्, एक जनाले पनि स्वीकार गर्नुभएन। चित्त दुखेर नबोलेका हुन्।’

News by काँग्रेसले रामराम भन्ने अवस्थामा आइसकेको छ : पूर्व राष्ट्रपति यादव :