धैरै सिट छोड्दा पार्टीभित्र विद्रोह हुन सक्छ : नेता कोइराला - Chaitanya News
  • 2026-04-22
  • 08:11:12
  • बुधबार,बैशाख ०९, २०८३
  • धैरै सिट छोड्दा पार्टीभित्र विद्रोह हुन सक्छ : नेता कोइराला

    धैरै सिट छोड्दा पार्टीभित्र विद्रोह हुन सक्छ : नेता कोइराला

    धनुषा — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनमा कांग्रेसको एकल बहुमतसहित सरकार बनाउन गठबन्धन भएको बताएका छन्। पाँच वर्षसम्म कांग्रेसको नेतृत्वमा सरकार टिकाउन कमसेकम १ सय सिट आवश्यक छ,ु कोइरालाले भने,‘गठबन्धनमा सहभागी दलले कांग्रेसलाई सय सिट दिने पक्षमा हुनुहुन्न।’ गठबन्धनका कारण घट्ने सिटले समानुपातिक मतमा समस्या हुने उनले बताए।

    ुगठबन्धनमा तालमेल हुँदा धैरै सिट छोड्दा सामनुपातिक मत कम हुन सक्छ,ु उनले भने,‘धैरै सिट छोड्दा पार्टीभित्र विद्रोह हुन सक्छ। विचार र सिद्धान्त नमिल्नेसँग गठबन्धन बाध्यात्मक स्थितिमा गरिएको हो।’ कांग्रेस पुरानो पार्टी रहेको र आकांक्षीहरु धेरै रहेकोले कांग्रेस एक्लै निर्वाचनमा सहभागी भए पनि १६५ सिटले नपुग्ने भएकोले पार्टीभित्र विद्रोह हुने जोखिम रहेको उनले बताए।

    बिहीबार जनकपुरधाममा आयोजित बीपी विचार, प्रेस तथा अभव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठी कार्यक्रममा कोइरालाले गठबन्धन पवित्र भएको नभएको चुनावपछि थाहा हुने बताए। निर्वाचनका लागि गठबन्धन हुँदा कांग्रेस संकटको स्थितिबाट गुज्रिनु परेको उनले बताए।

    ुसंविधानलाई डिनाए गर्न एमालेले गरेको प्रयास असफल बनाउन भएको गठबन्धनमा कुनै दलको विचार र सिद्धान्त एक अर्कासँग मिल्दैन उनले भने,‘एमालेलाई गठबन्धनले परास्त गर्‍यो । अब निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने अर्को उद्देश्य हो ।’ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गठबन्धन गरेका दलहरुको वैदेशिक नीतिमा न्यूनतम समझदारी हुनुपर्ने उल्लेख गरिएको उनले बताए।