चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1039 of 1111
  • 2026-10-11
  • 19:37:46
  • आइतबार,आश्विन २५, २०८३

About Author

काठमाडौं ७ बाट जसपा नेता राजेन्द्र श्रेष्ठले गरे उम्मेदवारी दर्ता

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का नेता एवं संघीय मामिलामन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवारी दिएका हुन्। उनले नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए। यो क्षेत्रमा नेकपा (एमाले) ले अप्रत्यक्ष रुपमा श्रेष्ठलाई सघाउने सहमति भएको बताइन्छ। एमालेले यसपटक सो क्षेत्रबाट आधिकारिक उम्मेदवार घोषणा गरेको छैन। यद्यपि, यो क्षेत्रमा नेकपा ९एमाले०का नेता रामवीर मानन्धरले बागी उम्मेदवारी दिएका छन्। मानन्धर २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। गठबन्धनको तर्फबाट भने काठमाडौं ७ मा मानुषी यमि भट्टराई उम्मेदवार छिन्।

News by काठमाडौं ७ बाट जसपा नेता राजेन्द्र श्रेष्ठले गरे उम्मेदवारी दर्ता :