कालीकोट– कालीकोटको तिलागुफा नगरपालिका वडा नं. ७ मा एउटा घर पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन्।
स्थानीय ध्रुवराज विष्टको घर पहिरोले बगाउँदा उनको परिवारका पाँच जना सम्पर्कविहीन भएका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जानकारी दिए। आज बिहान पहिरोले घर बगाएको सूचना आउनेबित्तिकै घटनास्थलमा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।
कालीकोट लगायत कर्णाली प्रदेशका धेरै ठाउँमा लगातार पानी परिरहेको छ। कर्णाली राजमार्ग पनि अवरुद्ध छ।