पोखरा– तनहुँमा कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ–१ मा उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावक रामदेव पन्थ छन् भने समर्थकमा कृष्ण सोती छन्।
जोशीले अघिल्लो निर्वाचनमा पनि उम्मेदवारी दर्ता गराएका थिए। तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।