काठमाडौं– सत्ता गठबन्धनले झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका खगेन्द्र पाण्डप अधिकारीलाई अघि सारेको छ। गठबन्धनमा झापा ५ कांग्रेसले भाग पाएअनुसार सो पार्टीले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश सभापति उद्धव थापाले जानकारी दिए।
सोहीअनुसार केहीबेरमा अधिकारीले आफ्नो उम्मदपारी दर्ता गराउने कार्यक्रम रहेको छ। झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउँदैछन्।
यसअघि २०७४ सालको चुनावमा पनि अधिकारी ओलीसँग पराजित भएका थिए। अहिले फेरि गठबन्धनले ओलीसँग प्रतिस्पर्धा गर्न अधिकारीलाई नै अघि सारेको हो।