चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 860 of 1152
  • 2026-11-22
  • 06:38:14
  • आइतबार,मंसिर ०७, २०८३

About Author

मेयर बालेनले दायर गरे ३२ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर्मचारीविरुद्ध भ्रष्टाचारको दायर गरेका छन्। केही दिनअघि शाहले अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय पुगेर महानगरपालिकाका ३२ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दामा छानबिन गर्न उजुरी दिएका हुन्। मेयरको उजुरीपछि ती कर्मचारीमाथि छानबिन प्रक्रिया अगाडि बढाइएको छ। अकुत आर्जन र भ्रष्टाचारको आरोप लगाउँदै मेयर शाहले एकै पटक ३२ कर्मचारीविरुद्ध उजुरी दिएपछि अहिले उनीहरूलाई अख्तियारमै बोलाएर फारम भराउन थालिएको हो। टंगालले महानगरका लेखा, खरिद, आम्दानीका विविध शाखामा कार्यरत कर्मचारीलाई बोलाएर १३ पन्ने विवरण भराएर छानबिन प्रक्रिया अघि बढाएको छ। अख्तियार स्रोतले पनि कर्मचारीविरुद्ध उजुरी परेको र छानबिन थालिएको जनाएको छ।

News by मेयर बालेनले दायर गरे ३२ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा :