घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-06-17
  • 03:23:26
  • मंगलबार,आषाढ ०२, २०८३
  • घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं – साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सय रूपैयाँले घटेर एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    तेजावी सुन प्रतितोला एक लाख ८ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार १० रूपैयाँले घटेर १ हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।