राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैं ब्यहोर्ने - Chaitanya News
  • 2026-06-22
  • 13:08:56
  • सोमबार,आषाढ ०८, २०८३
  • राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैं ब्यहोर्ने

    राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैं ब्यहोर्ने

    काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै ब्यर्होने भएका छन ।

    राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार उनले आफनो खर्च आफै ब्यहोर्ने भएका हुन ।

    ‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अबगत गराईन्छ,’ कार्कीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

    छातिमा जमेको पानीले संक्रमण बढेपछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्बिज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता गएका थिए । १० दिन लामो उपचार पछि राष्ट्रपति पौडेल आइतवार राती स्वदेश फर्केका हुन ।