काठमाडौँ- पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुरस्थित थेचुबाट उनलाई प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको हो।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गर्नमा मुख्य भूमिका उनकै रहेको प्रहरीको आरोप छ।
राईलाई ललितपुरको थेचुस्थित निवासबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीले जानकारी दिए।
रामबहादुर थापा गृहमन्त्री हुँदा राई उनका सुरक्षा सल्लाहकार थिए।