मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज पढाइमा बाधा आउनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गा जमिनको कारोबार र सेयर बजारबाट राम्रो प्रतिफल मिल्ने छ। मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा आज सामाजिक क्षेत्रमा सफलता मिल्ने छ। वैदेशिक कार्य अघि बढ्ने छ। कार्य सम्पादनमा सहजता मिल्ने छ। सफल यात्रा पनि हुनेछ। सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्छ। कष्टकर यात्रा गर्नुपर्ला, तर वैदेशिक क्षेत्रको कार्य सहजै अघि बढ्ने छ। तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते आज लगनशीलताले कामहरू अगाडि बढ्ने छन्। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। प्रेमीको सहयोग पाइनेछ। आत्मिक सन्तुष्टि पनि मिल्ने छ। धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे आज मन खिन्न हुने स्थिति आउनसक्छ। अनावश्यक झमेलामा परिएला। विविध समस्या खेप्नु पर्नेछ, तर साँझमा शुभ समाचार सुन्न पाइनेछ। कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा आफन्तको सहयोग प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ। अचल सम्पत्ति हात पर्ने योग छ। शुभ समाचार पनि सुन्न पाइएला। वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो आज मनोरञ्जनमा सहभागी भइएला। बन्धु बान्धवबाट सहयोग मिल्ने छ। जोश, जाँगर र हिम्मत बढ्ने छ। पारिवारिक सद्भाव पनि बढ्ने छ। कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो आज शुभकार्यको चर्चा चल्नेछ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। आँटेको र ताकेको कार्य पुरा होला। राज्यबाट मान सम्मान पाइनेछ। कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। न्यायिक कार्यमा सफलता मिल्ने छ। शुभकार्यको चर्चा चल्ने छ। राज्यबाट सहयोग पनि मिल्ने छ। वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। नयाँ कार्यको योजना बन्ने छ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ। मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि आज प्रेमीको सहयोग प्राप्त हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। सामाजिक क्षेत्रबाट सफलता मिल्ने छ। दैनिक कार्यमा प्रगति हुनेछ। मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज शुभकार्यको चर्चा चल्ने छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। परिवारमा सुख सन्तोष छाउने छ। स्वादिष्ट भोजन पनि पाइनेछ।


