चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 381 of 1152
  • 2026-11-22
  • 12:21:45
  • आइतबार,मंसिर ०७, २०८३

About Author

बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित

राँझा (बाँके)– बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएका छन् । उनी २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित भएको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिएका छन् । सुनारका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कााग्रेसका उम्मेदवार अमरसिंह पुनले १३ हजार २१५ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दीपक गौरीमगरले ४ हजार १५ मत प्राप्त गरेका छन् । बाँकेको क्षेत्र नं १ मा पनि रास्वपाका सुरेश चौधरी विजयी भउका छन् । क्षेत्र नं २ मा भने नेकपा ९एमाले०का उम्मेदवार मोहम्मद इश्तियाक राई विजयी भएका छन् ।