रसुवाबाट काँग्रेसका मोहन आचार्य विजयी - Chaitanya News
  • 2026-04-25
  • 09:21:28
  • शनिबार,बैशाख १२, २०८३
  • रसुवाबाट काँग्रेसका मोहन आचार्य विजयी

    रसुवाबाट काँग्रेसका मोहन आचार्य विजयी

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली काँग्रेसका मोहन आचार्य विजयी भएका छन्।

    निर्वाचन आयोगका अनुसार, १० हजार ६५६ मत प्राप्त गरी काँग्रेसका आचार्य विजयी भएका हुन्। उनले मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गर्दै आएका थिए।

    आचार्यको यो तेस्रो जित हो। उनी रसुवा जिल्लाबाट २०७४ र २०७९ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

    उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।