चितवन–३ मा सोविता गौतम रेनु दाहाल भन्दा दोब्बर बढी मतान्तरले अघि - Chaitanya News
  • 2026-04-25
  • 10:56:52
  • शनिबार,बैशाख १२, २०८३
  • चितवन–३ मा सोविता गौतम रेनु दाहाल भन्दा दोब्बर बढी मतान्तरले अघि

    चितवन–३ मा सोविता गौतम रेनु दाहाल भन्दा दोब्बर बढी मतान्तरले अघि

    काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतम दोब्बर भन्दा बढी मतान्तरले अग्रता लिएकी छिन् ।

    पछिल्लो विवरण अनुसार, गौतमले १७ हजार ८५१ मत प्राप्त गरेकी छिन् ।

    दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल छिन् । उनले ८ हजार ३७ मत प्राप्त गरेकी छिन् ।

    त्यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले २ हजा १३९, नेकपा एमालेका शंकर थपलियाले २ हजार ७ मत प्राप्त गरेका छन् ।