रुकुम पूर्वबाट नेकपा संयोजक प्रचण्ड निर्वाचित - Chaitanya News
  • 2026-04-25
  • 10:58:05
  • शनिबार,बैशाख १२, २०८३
  • रुकुम पूर्वबाट नेकपा संयोजक प्रचण्ड निर्वाचित

    रुकुम पूर्वबाट नेकपा संयोजक प्रचण्ड निर्वाचित

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।

    पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् ।

    नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् ।

    यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुनले २०३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार जुद्धबहादुर बुढामगरले १९१ मत पाएका छन् ।