चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1064 of 1102
  • 2026-10-05
  • 17:12:04
  • सोमबार,आश्विन १९, २०८३

About Author

एमालेले बनायो प्रदेश निर्वाचन कमिटी गठन

सुर्खेत– नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशले आसन्न निर्वाचनका लागि प्रदेश निर्वाचन कमिटी गठन गरेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश अध्यक्ष विनोदकुमार शाहको संयोजकत्वमा ३१४ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो। भदौ २१ – २२ गते बसेको प्रदेश कमिटी बैठकले गरेका निर्णय बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै अध्यक्ष शाहले जनमत एमालेको पक्षमा पार्न निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचन परिचालन कमिटी गठन गरिएको जानकारी दिए। प्रदेश निर्वाचन परिचालन कमिटीमा प्रदेश कमिटीका सदस्यहरु, जिल्ला अध्यक्ष, प्रदेशस्तरका जनसंगठनका अध्यक्ष र सचिवहरु सदस्य छन्। यस्तै, प्रदेश अध्यक्ष शाहको संयोजकत्वमा २६ सदस्यीय निर्वाचन परिचालन सचिवालय गठन गरेको छ। बैठकले पार्टीका सबै कमिटीलाई तहगत निर्वाचन परिचालन कमिटी गठन गर्न निर्देशन दिएको छ। प्रदेशदेखि जिल्ला, प्रतिनिधि सभा, प्रदेशसभा, गाउँ, नगरपालिका, वडा टोलगरी सात तहका निर्वाचन परिचालन कमिटी गठन गर्ने व्यवस्था मिलाइएको अध्यक्ष शाहले जानकारी दिए। बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाबाट प्राप्त प्रत्यक्ष र समानुपातिक तर्फका सिफारिसलाई पार्टी केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको छ। आगामी निर्वाचनमा एमाले अझै लोकप्रिय पार्टी भएर आउने र पहिलो पार्टी बन्ने अध्यक्ष शाहको दाबी छ। अब निर्वाचन केन्द्रित कार्यक्रम अघि बढेको बताए। उनले भने, ‘एमाले पार्टीप्रति जनलहर बढेको छ। आगामी निर्वाचनमा एमालेलाई पहिलो बनाउन पार्टी पंङ्ति एकताबद्ध भएर अघि बढ्छ।’ पत्रकार सम्मेलनमा पार्टीका प्रदेश सहइन्चार्ज गोरख बोगटीले निर्वाचनमा गठबन्धनसँग एक्लै जुट्न एमाले सक्षम रहेको बताए।

News by एमालेले बनायो प्रदेश निर्वाचन कमिटी गठन :