दसैंलाई मध्येनजर गर्दै असोज १ गतेबाट अग्रिम टिकट बुकिङ - Chaitanya News
  • 2026-04-22
  • 08:10:32
  • बुधबार,बैशाख ०९, २०८३
  • दसैंलाई मध्येनजर गर्दै असोज १ गतेबाट अग्रिम टिकट बुकिङ

    दसैंलाई मध्येनजर गर्दै असोज १ गतेबाट अग्रिम टिकट बुकिङ

    काठमाडौं– दसैंलाई मध्येनजर गर्दै असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।

    यातायात व्यवस्था विभागले असोज १ देखि बसको अनलाइन टिकट बुकिङ खुला गर्ने जनाएको हो। यातायात व्यवसायी र विभागबीच छलफलले चाडपर्वलाई लक्षित गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको असोज १ गते शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

    यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथासक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउनुपर्नेछ। अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्नेरगराउने निर्णय भएको विभागका निर्देशक ईश्वरी दत्त पनेरुले जानकारी दिए।