चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1060 of 1102
  • 2026-10-05
  • 19:27:05
  • सोमबार,आश्विन १९, २०८३

About Author

बालुटावारमा सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौं– सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको हो। बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ। आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर गठबन्धन जान लागेको हो। आइतबार सिट बाँडफाँटका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन’दयगत छलफल भएको एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिएका थिए। जारी बैठक सिट बाँडफाँटमा केन्द्रित रहेको छ। कार्यदलले दिएको सुझावका आधारमा शीर्षनेताले सिट बाँडफाँट गर्ने भएका हुन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची २ र ३ असोज र प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजमा रहेको निर्वाचन आयोगले जनाएको छ।