डा.गोविन्द केसी आज साँझदेखि अनसन बस्ने - Chaitanya News
  • 2026-04-18
  • 23:34:45
  • शनिबार,बैशाख ०५, २०८३
  • डा.गोविन्द केसी आज साँझदेखि अनसन बस्ने

    डा.गोविन्द केसी आज साँझदेखि अनसन बस्ने

    काठमाडौँ– डा.गोविन्द केसी अनसन बस्न धनगढीतिर प्रस्थान गरेका छन्। आज साँझदेखि अनसन बस्नका लागि उनी काठमाडौँबाट धनगढी प्रस्थान गरेका हुन्।

    आफुले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढीतिर लागेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। माग सुनुवाई नभएको भन्दै पूर्वनिर्धारित समय अनुसार नै धनगढी गएका हुन्। ‘धनगढीमा कहाँ बस्ने भन्ने अहिले नै फिक्स भइसकेको छैन्’ सुवेदीले भने।

    केसीले १२ भदौमा पत्रकार सम्मेलन गर्दै ६ बुँदे मागसहित अनसनको घोषणा गरेका थिए। उनले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा गरेका थिए।