दाङबाट एमालेका महासचिव र माओवादीका उपाध्यक्ष भिड्दै - Chaitanya News
  • 2026-04-18
  • 23:32:08
  • शनिबार,बैशाख ०५, २०८३
  • दाङबाट एमालेका महासचिव र माओवादीका उपाध्यक्ष भिड्दै

    दाङबाट एमालेका महासचिव र माओवादीका उपाध्यक्ष भिड्दै

    काठमडौं– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का दुई ठुला नेताहरुबीच दाङमा प्रतिस्पर्धा हुने भएको हो। दाङको क्षेत्र नं २ लाई मैदान बनाएर एमालेका महासचिव शङ्कर पोखरेल र माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा भिड्दै छन्।

    एमाले ले पार्टी महासचिव पोखरेललाई दाङ क्षेत्र नं २ बाट एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। महासचिव पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र हुन्। यो क्षेत्रमा पोखरेललाई जिताउन एमालेले हर सम्भव प्रयास गर्नेछ।

    त्यस्तै माओवादी केन्द्रले उपाध्यक्ष महरालाई सिफारिस गरेको छ । उपाध्यक्ष महरा २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका हुन् । यस पटक गठबन्धनको साथमा यो क्षेत्र जित्न उनको प्रयास रहनेछ ।