आज सुनको भाउ तीन सय रुपैयाँले घट्यो, चाँदी स्थिर - Chaitanya News
  • 2026-10-17
  • 16:38:15
  • शनिबार,कार्तिक ०१, २०८३
  • आज सुनको भाउ तीन सय रुपैयाँले घट्यो, चाँदी स्थिर

    आज सुनको भाउ तीन सय रुपैयाँले घट्यो, चाँदी स्थिर

    काठमाण्डौ– केही दिनयता लगातारजसो बढिरहेको सुनको भाउ आज भने तीन सय रुपैयाँले घटेको छ।

    सुनको भाउ आज तोलामा ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    हिजो सुनको भाउ तोलामा ९३ हजार ९ सय रुपैयाँ थियो।

    यस्तै, चाँदीको भाउ भने आज स्थिर छ। चाँदी हिजो जस्तै तोलामा १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।