समयमै काम नसक्दा १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा - Chaitanya News
  • 2026-06-03
  • 03:44:03
  • मंगलबार,जेठ १९, २०८३
  • समयमै काम नसक्दा १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा

    समयमै काम नसक्दा १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा

    काठामडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि समयमा काम सम्पन्न नगर्ने कम्पनीहरूलाई कालोसूचीमा राखेको हो।

    कार्यालयले धैर्यता निर्माण उद्योग, हर्कदेवी बिल्डर्स, देवेन्द्र तेल उद्योग, प्यासिफिक कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी, पृथ्वी कन्स्ट्रक्सन, रन्नुभन्न कन्स्ट्रक्सन कालोसूचीमा परेका छन्। यस्तै, रोज कन्स्ट्रक्सन, सानोभेरी निर्माण सेवा, च्याङला कन्स्ट्रक्सन, सुन्दरी निर्माण सेवा, किसान रक्तकाली पावर क्वालिटी जेभी र लामा बिल्डर्स कम्पनी समेत कालोसूचीमा परेका छन्।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका कम्पनीहरूले ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैनन्। यीमध्ये अधिकांश कम्पनीहरू सडक निर्माणको क्षेत्रमा संलग्न छन्। यी कम्पनीहरू ६ देखि १ वर्षसम्मका लागि कालोसूचीमा परेका छन्।