फुटबलमा नेपालको आज तीन खेल - Chaitanya News
  • 2026-06-03
  • 03:43:30
  • मंगलबार,जेठ १९, २०८३
  • फुटबलमा नेपालको आज तीन खेल

    फुटबलमा नेपालको आज तीन खेल

    काठमाडौँ– नेपालका तीन फरक टोलीले आज अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। सिनियर महिला टोलीले घरेलु मैदानमा महिला साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दा पुरुषतर्फ यू–१७ र यू–२० टोली पनि मैदानमा उत्रनेछन्।

    दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप २०२२ को समूह बी को अन्तिम खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ। खेल साँझ ५.३० बजे सुरु हुनेछ ।

    आजै साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले घरेलु टोली श्रीलंकाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार रातको ८.१५ बजे सुरु हुनेछ। भने नेपालले एएफसी यू–२० च्याम्पियनसिप २०२३ को छनोटमा आज कतारसँग पनि खेल्दैछ।

    बहराइनको अल मुहारक रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको ११.४५ बजे सुरु हुनेछ। पहिलो खेलमा भुटानसँग २–० ले पराजित भएपछि नेपालले खराब सुरुवात गरेको छ।