चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 28 of 1099
  • 2026-10-04
  • 00:28:09
  • शनिबार,आश्विन १७, २०८३

About Author

प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– आज (बिहिवार) अपराह्न १ बजे संघीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक सिंहदरबारमा बस्ने तय भएको छ । बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्त, ैबैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। यस्तै, आजै विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ।

News by प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ? :