चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 828 of 1152
  • 2026-11-22
  • 01:23:31
  • शनिबार,मंसिर ०६, २०८३

About Author

ए डिभिजन लिगमा आज तीन खेल हुने

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन्। ​लिगको दोस्रो लेगको सातौँ चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ। दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्ने भएका छन्। सोही समयमा च्यासल मैदानमा न्युरोड टिम एनआरटी र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुने आजको दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।