नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै - Chaitanya News
  • 2026-07-11
  • 08:08:50
  • शनिबार,आषाढ २७, २०८३
  • नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै

    नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । संसद् सचिवालयका अनुसार बिहान ११ः०० बजे बैठक बस्ने छ ।

    आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरु तोकिएको सचिवालयले जनाएको छ । छलफलमा सांसदले उठाएका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनेछन् ।