ए डिभिजन लिगमा आज तीन खेल हुने - Chaitanya News
  • 2026-06-05
  • 22:38:18
  • शुक्रबार,जेठ २२, २०८३
  • ए डिभिजन लिगमा आज तीन खेल हुने

    ए डिभिजन लिगमा आज तीन खेल हुने

    काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन्।

    ​लिगको दोस्रो लेगको सातौँ चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ।

    दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्ने भएका छन्।

    सोही समयमा च्यासल मैदानमा न्युरोड टिम एनआरटी र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

    दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुने आजको दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।