१ लाख बिरुवा रोप्ने काठमाडौं महानगरपालिकाको अभियान - Chaitanya News
  • 2026-11-16
  • 02:33:27
  • आइतबार,कार्तिक ३०, २०८३
  • १ लाख बिरुवा रोप्ने काठमाडौं महानगरपालिकाको अभियान

    १ लाख बिरुवा रोप्ने काठमाडौं महानगरपालिकाको अभियान

    काठमाडौं-  काठमाडौं महानगरपालिकाले शंखधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ ।

    सहरी हरियालीका लागि १ लाखवटा बिरुवा रोप्ने अभियानअन्तर्गत शनिबार पार्कमा १ सय १५ वटा बिरुवाहरू रोपिएका हुन् । जसमा कपुर, धुपी र समीका बिरुवा छन् । अभियानको थालनी गर्दै यसअघि काटेश्वर जडीबुटी सडक खण्डमा १ सय २० वटा कपुरका बिरुवा रोपिएका थिए ।

    शहरी हरियालीका लागि १ लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियानमा रहेको काठमाडौंका मेयर बालेन्द्र साहले शहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वनस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘चराचुरुङ्गी तथा अन्य जीवजनावरलाई खाना र बास उपलब्ध गराउने सक्ने क्षमता भएका स्थानीय जातका बोट बिरुवालाई जोगाउने योजनाअनुरूप रैथाने (इडेमिक) र प्राकृतिक रूपमा उम्रने (इन्डिजेनियस) बोट बिरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।’