चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 634 of 1153
  • 2026-11-22
  • 16:58:11
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गुटेरेसको लुम्बिनी भ्रमणले विश्वभर शान्ति र सद्‌भावको सन्देश दियो – प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको लुम्बिनी भ्रमणले विश्वभर शान्ति र सद्‌भावको सन्देश प्रवाह गरेको बताएका छन् । मंगलबार लुम्बिनीमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसलाई स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले गुटेरेसको लुम्बिनी भ्रमणबाट विश्वभर शान्ति र सद्भावको सन्देश प्रवाह गरेको भन्दै विश्वव्यापी महत्त्वको ऐतिहासिक स्थलको भ्रमणका लागि धन्यवाद दिएका हुन् । संयुक्त राष्ट्रसंघ लामो समयदेखि नै लुम्बिनीको विकाससँग जोडिएको उल्लेख गर्दै उनले संयुक्त राष्ट्रसंघकै पहलमा लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गरिएको तथा विश्वव्यापी मञ्चमा यसको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई मान्यता दिएको बताए । प्रधानमन्त्री प्रचण्डले लुम्बिनी बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मात्र नभई शान्ति र सद्‌भावको केन्द्र रहेको पनि बताए । उनले लुम्बिनीले मानव जातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा प्रेरणा र मार्गदर्शन गरिरहने बताए ।

News by गुटेरेसको लुम्बिनी भ्रमणले विश्वभर शान्ति र सद्‌भावको सन्देश दियो – प्रधानमन्त्री प्रचण्ड :