कपुरकोट गाउँपालिकाले मौलिक लोककला प्रदर्शनी गर्ने - Chaitanya News
  • 2026-11-21
  • 20:18:55
  • शनिबार,मंसिर ०६, २०८३
  • कपुरकोट गाउँपालिकाले मौलिक लोककला प्रदर्शनी गर्ने

    कपुरकोट गाउँपालिकाले मौलिक लोककला प्रदर्शनी गर्ने

    सल्यान- कपुरकोट गाउँपालिकाले सल्यानले गाउँपालिका भित्र रहेका मौलिक लोककला प्रदर्शनी गर्ने भएको छ। हराउँदै गएका मौलिक लोककलालाई संरक्षण गर्ने उद्देश्यले लक कला प्रदर्शन गर्न लागको गाउँपालिकाले जनाएको छ। आज मौलिक लोक संस्कृती संरक्षण कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत भरत वलीले बताए।

    कार्याक्रममा गाउँपालिका भित्र रहेका सोरठी, पैसरु, एकल लोकगीत , एकल नृत्य, लोक सांसकृतिक सम्बन्धि वक्तित्वकला प्रतियोगिता प्रर्दशनि गरिनुका साथै चर्चित कलाकार खडकबहादुर बुढाको उपस्थिति रहने उनले जानकारी दिए।

    मौलिक लोक कला प्रदर्शनीमा प्रथम, द्वित्तीय, तृतीय हुनेलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिने उनले बताए। सोरठी पैसेरी नाचमा प्रथम हुनेलाई पुरस्कार ५ हजार, द्वित्तीयलाई ४ हजार, तृत्तीय पुरस्कार ३ हजार प्रदान गरिने छ। अन्य सहभागी नाचलाई २ हजार पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत वलीले बताए।

    यस्तै एकल लोकगीतमा प्रथम हुनेलाई ३ हजार, द्वित्तीयलाई २ हजार र तृत्तीया पुरस्कार १ हजार प्रदान गरिने छ। एकल नृत्य प्रतियोगितामा प्रथम पुरस्कार ३ हजार, द्वित्तीयलाई २ हजार र तृतीय पुरस्कार १ हजार प्रदान गरिने छ। सांसकृतिक सम्बन्धि वक्तित्वकला प्रतियोगिता प्रथम पुरस्कार ३ हजार, द्वित्तीयलाई २ हजार र तृत्तीय पुरस्कार १ हजार प्रदान गरिने गाउँपालिकाले जनाएको छ।