प्रतीक ढकाल डा. एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कार अर्पण - Chaitanya News
  • 2026-07-16
  • 11:30:14
  • बिहिबार,आषाढ ३२, २०८३
  • प्रतीक ढकाल डा. एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कार अर्पण

    प्रतीक ढकाल डा. एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कार अर्पण

    काठमाडौं- नियात्राकार प्रतीक ढकाल डा. एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्। नेपाली हिमालहरू, हिमाली जाति र हिमाली संस्कृतिका बारेमा विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर कलम चलाउँदै आएर १० भन्दा बढी कृति सृजना गरिसकेका नेपाली नियात्राकार ढकाल अन्तर्राष्ट्रिय रूपमा सम्मानित तथा पुरस्कृत भएका हुन्।

    भारतको कोलकातामा आयोजित एक विशेष समारोहमा डा. एपीजे अब्दुल कलाम फाउन्डेसनले उनलाई वर्ष २०२३का लागि “डा. एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कार” द्वारा सम्मान गरेको हो। पश्चिम बंगाल सरकारका खाद्यमन्त्री अरुप रोयले ढकाललाई मञ्चमा स्वागत गरेपछि पुरस्कार प्रदान गर्दै पश्चिम बंगाल सरकारकै निर्माणमन्त्री जे.वी. वाजेद अहम्मद खाँ र त्रिपुरा विश्वविद्यालयका चान्सलर गंगाप्रसाद प्रसाईंले सम्मान अर्पण गरेका थिए।

    ढकालको वियोण्ड तथा हिमालयज् अमेरिकाबाट प्रकाशित भएको छ भने बाँकी कृति नेपालबाटै प्रकाशित भएका छन्। नेपाल सरकार पूर्वसहसचिव समेत रहेका ढकाल कृतिगत रूपमा उनी नेपालमा सबैभन्दा धेरै कृति बिक्री हुने नियात्राकारमा पर्दछन्।