चैतन्य राशिफलः मिथुनलाई स्वास्थ्य कमजोर अन्यलाई कस्तो ? - Chaitanya News
  • 2026-11-19
  • 10:20:19
  • बिहिबार,मंसिर ०४, २०८३
  • चैतन्य राशिफलः मिथुनलाई स्वास्थ्य कमजोर अन्यलाई कस्तो ?

    चैतन्य राशिफलः मिथुनलाई स्वास्थ्य कमजोर अन्यलाई कस्तो ?

     

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। भौतिक साधन जुट्नाले आँटेको काम गर्न सकिनेछ।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    मध्याह्नदेखि नयाँ काममा हातहाल्न सकिनेछ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो काममा जग बसाउने मौका छ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    स्वास्थ्य कमजोर हुनेछ। अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदा लिन उही काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    दिउँसोदेखि सम्भावना खोजी गर्ने समय छ। दिगो योजना बन्नेछ र पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ। मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट आंशिक लाभ हुनेछ। श्रमअनुसार पूर्ण लाभ नहुन सक्छ। केही रकम हातलागी भए पनि तत्काल खर्च हुन सक्छ।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    बिहान अरूको दबाबमा परिने सम्भावना छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। आफ्नैले काममा बाधा पुर्याउनेछन्। तापनि वादविवादमा अघि नसर्नुहोला।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। पेसा–व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। खर्चिलो काम थालनी हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। व्यवसायमा फाइदा कम उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    खर्चिलो काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनुपर्ला। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। हतारमा निर्णय लिँदा केही काम दोहोर्याउनुपर्ने हुन सक्छ।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ।