चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 551 of 1153
  • 2026-11-22
  • 19:14:38
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवा तथा पदस्थापन हॅुदै

काठमाडौँ– आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदवारमा साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका हुन्। प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार बैठकले मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णयसँगै वरिष्ठ सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गर्नेछ। मंगलबार लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव विष्टको नाम सिफारिस गरेको थियो। उनलाई प्रदेशमा प्रदेश प्रमुख सचिवको रूपमा पदस्थापन गर्नेछ भने रिक्त सचिवमा प्रदेश प्रमुख सचिवहरूमध्येबाट एक जनालाई संघमा ल्याउने छ । बैठकले सचिव बढुवा सिफारिसमा पहिलो नम्बरमा रहेका एक वरिष्ठ सहसचिवलाई निमित्त प्रदेश प्रमुख सचिवसमेत नियुक्त गर्न सक्नेछ । जसलाई संघमा आउने प्रदेश प्रमुख सचिवको स्थानमा पठाइने छ ।